न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि मोरङ जिल्ला अदालत बन्द

हिमालय टिभी
२०७७ साउन २६ गते १४:०२
न्यायाधीशमा कोरोना संक्रमण देखिएपछि मोरङ जिल्ला अदालत बन्द

२६ साउन, २०७७, मोरङ । न्यायाधीशलाई कोरोना संक्रमण पुष्टि भए पछि जिल्ला अदालत मोरङ तीन दिनका लागि बन्द गरिएको छ ।

चारजनाको स्वाब संकलन गर्दा एकजना न्यायाधीशमा पनि कोरोना संक्रमण पुष्टि भएपछि अदालत बन्द गरिएको सूचना अधिकारी युवराज पौडेलले जानकारी दिनुभयो ।

कन्ट्याक्ट ट्रेसिङमा रहेका ४० जनाको स्वाब संकलन गर्ने तयारी भइरहेको पौडेलले बताउनुभयो ।

यस्तै विराटनगरको नोबेल मेडिकल कलेजमा थप दुईजना स्वास्थ्यकर्मीको कोरोना रिपोर्ट पोजेटिभ आएको छ । कलेजका प्रबन्धक नारायण दाहालले आज एकजना डाक्टर र एकजना नर्सको कोरोना रिपोर्ट पोजेटिभ आएको जानकारी दिनुभयो ।

योसँगै नोबेल मेडिकल कलेजमा कोरोना संक्रमित स्वास्थ्यकर्मीको संख्या ४ पुगेको छ । शनिबार नोबेलका दुईजना चिकित्सकमा कोरोना संक्रमण देखिएको थियो ।

कोरोना संक्रमित चिकित्सकलाई अस्पतालले आफ्नै आइसोलेसनमा राखिएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *