बुढीगंगा नदीले बेलिब्रिज र झोलुङ्गे पुल बगाउँदा समस्या
२०७७ साउन २६ गते १३:११

२६ साउन, २०७७, बाजुरा । लगातारको वर्षासँगै बुढीगंगा नदीमा आएको बाढीले बेलिबिज्र र झोलुङ्गे पुल बगेपछि आवतजावतमा समस्या भएको छ ।
बाढीले साफे–मार्तडी सडक पर्ने जडाङ्गाको बेलिब्रिज बगाएको हो । घागर, भौनेरा, रापकलगायत तटीय क्षेत्रका बस्तीमा क्षति पुगेको प्रहरीले जनाएको छ ।
बाढीका कारण बाजुराका विभिन्न बस्ती जोखिममा परेका छन् । उद्धारका लागि प्रहरी टोली जान सकेको छैन ।
गएराति जिल्लाबाट खटिएको टोली बडिमालिका नगरपालिकाको वडा नम्बर ९ को पहिरोका कारण रोकिएको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
प्रतिक्रिया