लगातारको वर्षासँगै कैलालीको धनगढीका अधिकांश क्षेत्र डुबानमा
२०७७ साउन २६ गते १३:०६
२६ साउन, २०७७, धनगढी । वर्षाका कारण कैलालीको धनगढी उपमहानगरपालिकाका अधिकांश क्षेत्र डुबानमा परेका छन्।
धनगढीको क्याम्पस रोड, शिवनगर, एल एन चोक, पार्कचोक, विशालनगर, मिलनचोक, चौराह, उत्तरबेहडी, चटकपुरलगायतका अधिकांश क्षेत्रमा डुबान भएको हो ।
विशालनगरमा घरमा पानी पसेपछि झण्डै आधा दर्जन परिवार छिमेकी र आफन्तकोमा बसिरहेको स्थानीय टेकराज जोशीले जानकारी दिनुभयो । जिल्ला प्रहरी कार्यालयका अनुसार बाढी बस्तीमा पसेपछि झण्डै तीन सय घर डुबानमा परेका छन् ।
उपमहानगरपालिका र नगर विकास समितिकै संलग्नतामा खोलानाला अतिक्रमणको चपेटामा परेपछि धनगढीमा डुबानको समस्या बढ्दै गएको छ । धनगढीमा सडकको पानी निकासका लागि बनाइएका नाली समेत काम नलाग्ने भएका छन् ।
प्रतिक्रिया