बारा र पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

हिमालय टिभी
२०७७ साउन २४ गते १३:१२
बारा र पर्सामा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि

२४ साउन, २०७७ पर्सा । नारायणी अस्पतालले गरेको पछिल्लो पीसीआर परीक्षणमा थप ५४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

संक्रमित हुनेमा पर्साको बहुदरमाई नगरपालिकाका नगरप्रमुख नितेन्द्रप्रसाद साहसहित ५० जना छन् ।

थपिएका संक्रमितमा २ जना दुगड ग्रुपका कर्मचारी, नेपाल आर्मीका एक जना कर्मचारी र नारायणी अस्पतालको ल्याबमा कार्यरत एक जना कर्मचारी पनि छन् ।

पर्साका संक्रमितमध्ये सबैभन्दा धेरै वीरगञ्ज उपमहानगरपालिका र विभिन्न स्थानीय तहका छन ।

त्यस्तै, बाराका ३ र सर्लाहीका १ जना छन् । पर्साको विश्रामपुर हेल्थ पोस्टमा गरिएको कन्ट्याक्ट ट्रेसीङमा परेका ८ जना, नगरदाह हेल्थ पोस्टको कन्ट्याक्ट ट्रेसीङमा परेका एक जना, बहुदरमाई नगरपालिका भावाराटारका ४ जना, बैरियाका २ जना, बहुवारी पिडारीका ४ जना छन् ।

बारा जिल्लाको मनरहवाका ४० वर्षीय पुरुष, कलैया उपमहानगरपालिका वडा नम्बर १० का ३१ वर्षीय पुरुष र भलुही भरवलियाका ३० वर्षीय पुरुष सङ्क्रमित भएका छन् । सर्लाही जिल्लाका एक १६ वर्षीय पुरुष पनि सङ्क्रमित भएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *