रौतहटको इशनाथ नगरपालिका–५ का वडाध्यक्षको अकस्मात मृत्यु
२०७७ साउन १९ गते १३:०२

१९ साउन, २०७७, रौतहट । रौतहटको इशनाथ नगरपालिका वडा नम्बर ५ का अध्यक्ष ५५ वर्षीय देवेन्द्र ठाकुरको अकस्मात रुपमा मृत्यु भएको छ ।
सास फेर्न गाह्रो भएपछि परिवारले उपचारका लागि गौरस्थित अस्पतालमा लैजाने क्रममा ठाकुरको आज बाटोमै मृत्यु भएको हो ।
ज्वरो, रुघा र खोकी लागेर बिरामी परेका वडाध्यक्ष ठाकुरलाई सास फेर्न गाह्रोसमेत भएको थियो । उच्च रक्तचाप र मधुमेहबाट पीडित ठाकुरको स्वाब संकलन गरी कोरोना परीक्षणका लागि पठाइएको छ ।
कन्ट्रयाक ट्रेसिङको आधारमा ठाकुरका परिवारको पनि पीसीआर परीक्षण गर्ने तयारी भइरहेको छ ।
प्रतिक्रिया