मसानघाटमा पार्क बनाउँदै शुद्धोधन गाउँपालिका, स्थानीय आक्रोशित (भिडियोसहित)

हिमालय टिभी
२०७७ साउन १४ गते १७:३३
मसानघाटमा पार्क बनाउँदै शुद्धोधन गाउँपालिका, स्थानीय आक्रोशित (भिडियोसहित)

१४ साउन, २०७७ रुपन्देही । रुपन्देहीको शुद्धोधन गाउँपालिकाले मानपकडीका बासिन्दाले अन्त्येष्टि स्थलका रुपमा प्रयोग गर्दै आएको ठाउँमा पयर्टकीय पार्क बनाउन थालेको छ । एक करोड रुपैयाँको लागतमा गाउँपालिकाले गुरुयोजना नै बनाएर अन्त्येष्टि स्थलमा पार्क बनाउन थालेपछि स्थानीय बासिन्दा भने आक्रोशित छन ।

तारबार गरिएको क्षेत्र रुपन्देहीको शुद्धोदन गाउँपालिका मानपकडीका स्थानीयले आफन्तको अन्तिम संस्कार गर्ने ठाउँ हो । तर अहिले यहाँ गाउँपालिकाले पर्यटकीय स्थलका रुपमा पार्क बनाउन थालेको छ । त्यसैले यो तारबार गरिएको हो । पार्क निर्माण गर्न गुरु योजना बनाएरै काम थालिएको छ ।

तर यसमा स्थानीय बासिन्दाको चित्त दुखाई छ । त्यसैले उनीहरु विरोधमा उत्रेका छन ।

ताल समेत भएकोले यहाँ स्थानीय बासिन्दा छठमा पूजाआजा समेत गर्थे । स्थानीय बासिन्दाको भावना र आवश्यकता समेत ख्यालै नगरी गाउँपालिकाले हस्तक्षेप गरेको उनीहरुको गुनासो छ ।

शुद्धोधन गाउँपालिकाले यस क्षेत्रलाई पर्यटकीय स्थलका रुपमा विकास गर्न गुरुयोजनामै समेटेको छ । १ करोड बजेट छुट्टाएर पार्क निर्माणको काम अघि बढाइएको छ ।

तालमा डुंगा सञ्चालन गर्ने , फुलबारी, र बाल उद्यान बनाउने गाउँपालिकाको योजना छ । स्थानीय बासिन्दाको भावना सम्बोधन गरेर आधुनिक दाहसंस्कार स्थल निर्माण गर्ने पनि गाउँपालिका अध्यक्ष किशुनचन्द्र चौधरी बताउनुहुन्छ ।

विकास निर्माणका काम गर्दा स्थानीयको भावनामा ठोस पुराउनु हुँदैन । गाउँपालिकाले स्थानीयको माग सम्बोधन गर्दै उपयुक्त स्थानमा पार्क र घाट निर्माण गर्नु आवश्यक छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *