कोशी अस्पतालका चिकित्सक र नर्सलाई अन्य स्वास्थ्य संस्थामा काम गर्न रोक
२०७७ साउन १३ गते १४:४८

१३ साउन, २०७७, मोर । कोशी अस्पताल प्रशासनले त्यहाँका चिकित्सक र नर्सलाई अन्य स्वास्थ्य संस्था र क्लिनिकमा काम गर्न रोक लगाएको छ ।
कोशी अस्पतालमा कार्यरत चिकित्सक र नर्सले क्लिनिक, अस्पताल र नर्सिङ होममा पनि काम गर्दै आएका थिए ।
एक निजि अस्पतालका अध्यक्ष र नर्समा कोरोना संक्रमण देखिएपछि कोशी अस्पतालले कडाइ गरेको हो ।
अस्पतालका मेडिकल सुप्रिटेन्डेन्ट डा चुमनलाल दासले अन्य अस्पतालमा काम गरेको भेटिए चिकित्सक र नर्सलाई कारवाही गर्ने बताउनुभयो । कोशी अस्पतालमा १ सयको हाराहारीमा चिकित्सक र २ सयभन्दा बढी नर्स कार्यरत छन्।
प्रतिक्रिया