संसद अन्त्य गरेर राष्ट्रपति भण्डारी फेरि विवादमा

हिमालय टिभी
२०७७ असार १८ गते १९:५६
संसद अन्त्य गरेर राष्ट्रपति भण्डारी फेरि विवादमा

१८ असार, २०७७ काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारी फेरि विवादमा पर्नुभएको छ । नेकपाको आन्तरिक विवादमा सधै चासो राख्दै ओली पक्षलाई साथ दिँदै आएकी राष्टपति भण्डारी संसद अधिवेशन अन्त्य गरेसँगै थप विवादमा पर्नुभएको हो ।

राष्टपतिको भूमिकाप्रति सत्तारुढ नेकपाले गम्भीर असन्तुष्टि जनाएको छ । अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले राष्ट«पति भण्डारीलाई भेटेर पार्टीलाई विवादमा पार्न र एक पक्षमा नलाग्न भन्नुभएको छ ।

पार्टीमा छलफल भैरहेकै बेला संसद अधिवेशन अन्त्य गरेकामा प्रचण्डले राष्ट«पति भण्डारीसँगै असन्तुष्टि व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री ओलीले नयाँ दल खोल्न दल विभाजन सम्बन्धी अध्यादेश ल्याउने चर्चा चलिरहेका बेला प्रचण्डले त्यस्तो अध्यादेश आएमा रोक्न पनि आग्रह गर्नुभएको छ ।

पार्टी विभाजन गर्ने गरी अध्यादेश आएर नरोके त्यसले राष्टपतिलाई पनि राम्रो नगर्ने प्रचण्डले भनेको स्रोतले जनाएको छ । दल विभाजन सम्बन्धी अध्यादेश ल्याएमा प्रचण्ड नेपाल पक्षले राष्टपतिलाई महाभियोगको प्रस्ताव लैजान सक्ने विषयमा पनि छलफल भैरहेको स्रोतको दावी छ ।

नेकपाको विवादमा राष्टपति भण्डारी सधै ओलीको पक्षमा उभिएर सहयोग गर्दै आउनुभएको छ । तर यसको पार्टी भित्र र बाहिर दुवै तर्फ आलोचना हुने गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *