समाज

स्वास्थ्यकर्मी अभावले कोरोना उपचारमा समस्या (भिडियोसहित)

हिमालय टिभी
२०७७ जेठ ३२ गते १९:५८
स्वास्थ्यकर्मी अभावले कोरोना उपचारमा समस्या (भिडियोसहित)

३२ जेठ, २०७७ सुर्खेत । कर्णाली प्रदेश स्वास्थ्यसम्बन्धी पूर्वाधार, जनशक्ति र अन्य मानकमा निकै कमजोर छ । सरकारले लकडाउन खुकुलो गरेसँगै कर्णालीमा संक्रमितको संख्यामा भारी वृद्धि भइरहेको छ । तर प्रयाप्त स्वास्थ्यकर्मी छैनन् । यस्तो अवस्थामा संक्रमण नियन्त्रण तथा रोकथाम गर्न समस्या पर्ने देखिन्छ ।

कर्णाली प्रदेशका दश जिल्लामा १९ वटा अस्पताल र १४ वटा स्वास्थ्य केन्द्र छन् । कोरोनाको संक्रमण बढ्न थालेपछि यी अस्पतालमा विशेषज्ञ चिकित्सक, स्वास्थ्यकर्मीको अभाव देखिन थालेको छ । प्रदेशका दश जिल्लामा ३२ जना चिकित्सक कार्यरत छन् । २ सय १७ जनाको दरवन्दि रहेका नर्सिङ स्टाफमा जम्मा ६६ जना मात्र कार्यरत छन् ।

समाजिक विकास मन्त्रालयको तथ्याङ्क अनुसार पारामेडिक्सको २ जना, ल्यावमा १३ जना मात्र कार्यरत छन । दरबन्दी अनुसार ८२ प्रतिशत स्वास्थ्यकर्मीको दरबन्दी खाली छ । दरबन्दी अनुसारका पुरै स्वास्थ्यकर्मी भए पनि यो कोरोना महामारीमा त्यो कम हो । दरबन्दी नै पूरा नभएको स्थितिमा महामारी फैलिरहे थप जनशक्तिको आवश्यकता पर्ने नै छ ।

कर्णाली प्रदेश अस्पतालमा कार्यरत अधिकांश चिकित्सकको दरवन्दी अन्यत्रै छ । उनीहरु काजमा यहाँ खटिएका छन । चिकित्सक, स्टाफ नर्स र स्वाथ्यकर्मीको आवेदन नआउने र आवेदन दिएर छनौट भएका कर्मचारी पनि उपस्थित नहुदाँ समस्या भएको छ ।

कर्णाली प्रदेश अस्पतालको स्वीकृती ६० शैयाको मात्र छ । तर अस्पताललाई स्तरउन्नती गरि तीन सय शैया क्षमताको बनाइएको छ । प्रदेश सरकारले प्रदेश अस्पताललाई तीन सय शैया र जिल्ला अस्पतालहरुलाई ५० शैयामा स्तरउन्नती गर्ने भन्दै पछिल्ला २ आर्थक वर्षमा बजेट छु्ट्याइएको छ । तर जिल्ला अस्पतालको स्तरउन्नती हुन सकेको छैन ।

यस्तो स्थितिमा भारतबाट कोरोनाको जोखिम बोकेर आएकाकामा संक्रमण देखियो र उनीहरुलाई उपचार गर्नु पर्‍यो भने यो जनशक्तिले उपचार गर्न सक्दैन ।

भारतबाट भित्रिएका नागरिकको उचित व्यवस्थापन नहुदाँ समुदाय स्तरमा संक्रमण देखिएको छ । अहिले संक्रमतिमा कुनै लक्षण नदेखिए पनि निगरानी भने चिकित्सक र स्वास्थयकर्मीले गर्नै पर्ने हुन्छ । त्यसका लागि आवश्यक जनशक्तिको जोहो गर्न स्थानीय र प्रदेश सरकार चनाखो बन्नुपर्ने देखिन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *