समाज
वीरगञ्ज नाकाबाट चार सय बढी नेपाली नेपाल भित्रिए
२०७७ जेठ १४ गते १८:२८

वीरगञ्ज । भारतका विभिन्न स्थानबाट भारतीय सीमावर्ती नाका रक्सौलमा आइपुगेका नेपाली आज स्वदेश प्रवेश गरेका छन् ।
सीमावर्ती रक्सौलको क्वारन्टिनमा रहेका करिब चार सयजनालाई आज पर्सा प्रशासनले आज भित्र्याएको हो ।
भारतमा रोजगारदाताले निकालेपछि स्वदेश फर्कनुको विकल्प नभएको उनीहरुले बताएका छन् । कतिपय त १७ सय किलोमिटर साइकल चलाएर समेत आएका छन् ।
रक्सौल हुँदै आएकामा २५ जिल्लाका ४ सय भन्दा बढी छन् ।
प्रतिक्रिया