विनोद आचार्य

पठाओका चालकहरु आन्दोलनमा, कार्यालय भवनमा तोडफोड (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । पछिल्लो समय लोकप्रिय बन्दै गएको राइड सेयरिङ कम्पनी पठाओमा विवाद देखिएको छ । कमिसन बढी लिएको र आधारभूत सेवासुविधा नदिएको भन्दै पठाओमा आवद्ध चालक आन्दोलनमा छन् । आन्दोलित चालकले आज काठमाडौंको मध्यबानेश्वरस्थित कम्पनीको कार्यालयमा...

जाडोसँगै विद्युतको खपत बढ्यो, भारतबाट ५९४ मेगावाट आयात (भिडियोसहित)

१३ पुस २०७७ काठमाडौं । जाडो बढेसँगै पिक आवरमा विद्युतको खपत वर्षभरीकै उच्च अवस्थामा पुगेको छ । गत वर्षको तुलनामा यो वर्ष विद्युत माग मात्र बढेको छैन्, माग उच्च भएकै कारण भारतबाट आयात गरिने विद्युतको परिमाणसमेत बढेको छ ।...

काेराेना महामारीका कारण अहिले मुलुककाे अर्थतन्त्र गम्भीर अवस्थामा (भिडियोसहित)

७ पुस २०७७ काठमाडौं । कोरोना महामारीका कारण अहिले मुलुकको अर्थतन्त्र गम्भीर अवस्थामा छ । तर समृद्धिको कार्यभारसहित नागरिकले ५ वर्षका लागि चुनेको सरकारले संसद विघटन गरेर मध्यावधि चुनाव घोषणा गरेको छ । यसले कोरोनाबाट थिलथिलो बनेको अर्थतन्त्रलाई अझ...

सरकारकै कारण भ्रष्टाचार मौलाएको सुशासन विज्ञको निष्कर्ष (भिडियोसहित)

२४ मंसिर, २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले सार्वजनिक कार्यक्रममा बारम्बार भ्रष्टाचारीको मुख नहेर्ने बताउँदै आउनुभएको छ । भ्रष्टाचारविरुद्धको अन्तरराष्ट्रिय दिवसका अवसरमा सन्देश दिँदै प्रधानमन्त्रीले भ्रष्टाचार नियन्त्रणका लागि क्रियाशिल रहेको दोहोर्‍याउनु भएको छ । तर प्रधानमन्त्री ओलीको भनाइ...

काेराेना जाेखिमबीच ८१ वटा नयाँ उद्याेग दर्ता (भिडियोसहित)

११ मंसिर, २०७७ काठमाडौं । कोरोना महामारीका माझ चालु आर्थिक वर्षको पहिलो चौमासिकमा साढे ६६ अर्ब रुपैयाँ बराबरको लगानीमा ८१ वटा उद्योग दर्ता भएका छन् । यसबाट झन्डै ५ हजार रोजगारी सृजना हुनेछ । गत वर्षको दाँजोमा उद्योग दर्ता...

यस्तो छ नवनियुक्त अर्थमन्त्री पौडेललाई विज्ञको सुझाव (भिडियोसहित)

२९ असोज, २०७७ काठमाडौं । झन्डै २ महिनाको अन्तरालपछि प्रधानमन्त्री केपी शर्मा ओलीले अर्थ मन्त्रालयको जिम्मेवारी विष्णु पौडेललाई सुम्पनु भएको छ । तर दोश्रो पटक अर्थमन्त्रालयको नेतृत्व गरेका पौडेलको यो कार्यकाल अघिल्लो जतिको सहज छैन् । कोरोना महामारीले गर्दा...

ठूला व्यवसायिक घराना मात्र हैन् सरकारी संस्थानसमेत एकपछि अर्को कालाेबजारीका घटनामा मुछिँदै (भिडियोसहित)

२९ असोज, २०७७, काठमाडौं । कोरोना महामारीका कारण अर्थतन्त्र जर्जर छ । लाखौँले रोजगारी गुमाएका मात्र छैनन्, धेरैलाई दुई छाक खानसमेत मुस्किल छ । सामान्य नागरिक हुन् वा व्यवसायी दुबैको ध्यान अहिले कसरी हुन्छ गुजारा चलाऔँ भन्नेमा छ ।...

सरकारको हिसाब : आम्दानीभन्दा खर्च बढी कसरी हुन्छ विकास ? (भिडियोसहित)

२७ असोज, २०७७ काठमाडौं । आम्दानीभन्दा खर्च बढी भएपछि सरकारी ढुकुटीमा दबाब परेको छ । त्यसमाथि दशैंमा कर्मचारीलाई खुवाउनुपर्ने तलब, भत्ता लगायतमै थप स्रोत चाहिने भएपछि ऋण उठाएरै भएपनि स्रोत व्यवस्थापन गर्न सरकार कस्सिएको छ । चालु वर्षको तीन...

बुढीगण्डकी आयोजनामा ९ अर्ब भ्रष्टाचारको आरोप, यसरी पारियो आयोजना अलपत्र (भिडियोसहित)

२७ असोज, २०७७ काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बुढीगण्डकी जलविद्युत आयोजनामा ९ अर्ब भ्रष्टाचार भएको आरोप लगाएपछि राजनीति तंगरित भएको छ । तर पटक(पटकको राजनैतिक दाउपेच र कमिसनको चक्करमा परेर १२ सय मेगावटको सबैभन्दा ठूलो जलाशययुक्त यो आयोजना...

कस्तो आउनु पर्छ नयाँ अर्थमन्त्री ? विज्ञ यसो भन्छन् (भिडियोसहित)

१६ असोज, २०७७, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले पूर्व अर्थमन्त्री डाक्टर युवराज खतिवडालाई विशेष आर्थिक सल्लाहकार बनाएपछि अर्थ मन्त्रालय बालुवाटारबाटै चलाउने तयारी भएको हो कि भन्ने आशंका उत्पन्न भयो । तर, सरकारले खतिवडालाई राजदूतमा सिफारिस गरेपछि अब अर्थमन्त्रालयको...

उत्तरी छिमेकी पनि उस्तैः नाका बन्द गर्दा २ हजार कन्टेनर अलपत्र (भिडियोसहित)

१३ असोज, २०७७ काठमाडौं । उत्तरी छिमेकी मुलुक चीनले केही महिनायता विभिन्न कारण देखाउँदै केरुङ र तातोपानी नाकाबाट हुने आयात निर्यातमा अवरोध गर्दै आएको छ । ३ महिनादेखि तातोपानी नाका बन्द छ भने ६ महिनापछि बल्लतल्ल खुलेको केरङ नाकाबाट...

आयातसँगै घट्यो ब्यापार घाटा (भिडियोसहित)

८ भदौ, २०७७, काठमाडौं । भन्सार विभागको पछिल्लो तथ्यांकले प्रतिकुल अवस्थाका बाबजुद चालू आर्थिक वर्षेको पहिलो महिनामा निर्यात बढेको देखाएको छ । निर्यात ८ दशमलव ८७ ले घटेको साउनमा आयात १९ दशमलव ६ प्रतिशत घटेको छ । आयातमा आएको...