धादिङ चुनाव : आश्वासन बाड्दै भोट माग्दै उम्मेदवार, मतदातालाई छैन विश्वास -(भिडियो रिपोर्टसहित)

२०७९ वैशाख २७ गते २१:२८
धादिङ चुनाव : आश्वासन बाड्दै भोट माग्दै उम्मेदवार, मतदातालाई छैन विश्वास -(भिडियो रिपोर्टसहित)

वैशाख २०७९ धादिङ । चुनावको मिति नजिकिदै गर्दा उम्मेदवारको घरदैलो अभियान अन्तिम चरणमा पुगेको छ ।

धेरैले घरदैलो सकेर भेटघाटमा समय खर्चन थालेका छन् । तर, मतदाता भने उम्मेदवारले बाँडेको आश्वासन पुरा हुने कुरामा विश्वस्थ हुन सकेका छैनन् ।

धादिङका १३ पालिकामा गठबन्धन र एमाले विच प्रतिष्पर्धा हुने भएको छ । गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारहरुले मतदातालाई आफूतिर तान्न प्रयास गरिरहेका छन् । उम्मेदवारहरु मतदाताका घरघरमा पुगेर दिगो विकास, कृषिमा आधुनिकीकरण जस्ता प्रतिवद्धता व्यक्त गर्दै मत मागिरहेका छन् ।

स्थानीय तह निर्वाचनमा बाँडेका आश्वासन पुरा नभएकोले पनि यहाँका मतदाताले यी आश्वासनमाथि विश्वास गरेका छैनन् ।

सेवक बन्नुपर्ने जनप्रतिनिधिहरु शक्तिमा पुगेपछि शासक बन्ने गरेको नागरिकको गुनासो छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *