धनगढीमा युवा उम्मेदवारको संख्या ठूलो (भिडियो रिपोर्टसहित)

२०७९ वैशाख १८ गते २१:०२
धनगढीमा युवा उम्मेदवारको संख्या ठूलो (भिडियो रिपोर्टसहित)

१८ वैशाख २०७९ कैलाली । यस पटकको स्थानीय तह निर्वाचनमा धनगढी उपमहानगरपालिकामा यूवा उम्मेदवारको संख्या बढेको छ । राजनीतिक दलहरुले पनि युवाहरुलाई स्थान दिएका छन् । उपमहानगरका १९ मध्ये १४ वडामा अध्यक्ष पदमा ४० वर्षभन्दा कम उमेर समूहका उम्मेदवार बढी छन् । स्थानीय तहको नेतृत्वमा जानका लागि धेरै युवाले आकांक्षा देखाएका छन्, भने राजनीतिक दलले पनि युवालाई स्थान दिएका छन् ।

धनगढी उपमहानगरपालिकामा जनप्रतिनिधि बन्नका लागि युवा चुनावी दौडधुपमा छन् । उनीहरुले आफूले जित्ने र आफूलाई मत दिनुपर्ने विभिन्न कारण प्रस्तुत गरिरहेका छन् । वडा नम्बर ५ को नेतृत्वका लागि उम्मेदवार बनेका ३२ वर्षीय गजेन्द्र शाही आफू पहिलेदेखि नै सामाजिक काममा संलग्न रहेको र नेतृत्वमा रहँदा काम गर्न थप सहज हुने बताउनुहुन्छ ।

धनगढी उप महानगरपालिका वडा नम्बर ३ को एक कार्यकाल सदस्य बनिसकेका ओम विक्रम चन्द यसपटक अध्यक्षको उम्मेदवार हुन् । कार्यकालमा सम्पन्न गर्न नसकेका र क्रमागतमा रहेका काम सम्पन्न गर्न र लागु औषधमुक्त वडा बनाउन आफूले उम्मेदवारी दिएको चन्द बताउनुहुन्छ ।

युवाहरुले आफ्नो फरक एजेण्डा पनि प्रस्तुत गरिरहेका छन् । धनगढी उपमहानगरपालिका वडा नम्बर १२ को अध्यक्षका लागि उम्मेदवार शेरबहादुर महरा युवाहरुलाई सहकारीका माध्यमबाट स्वरोजगार बनाउन का गर्ने एजेण्डा प्रस्तुत गरिरहनुभएको छ ।

धनगढीमा मात्रै होइन सुदूरपश्चिमका ८८ वटै पालिका तथा वडामा ४० वर्षमुनीका धेरै युवा उमेदवार बनेका छन् । युवा जोस र ऊर्जाका कारण यो आकर्षणलाई सकारात्मक रुपमा हेरिएको छ । तर, निर्वाचनको परिणाम र ५ वर्षे कार्यकालमा उनीहरुले गर्ने काम भने हेर्न बाँकी छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *