जिल्ला कारागार सल्यानमा कैन्दीबन्दी व्यवस्थापनमा यस्तो समस्या (भिडियो रिपोर्टसहित)
२०७८ चैत २० गते १७:१७

२० चैत २०७८ सल्यान । सल्यान कारागारमा क्षमताभन्दा बढी कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या आएको छ ।
३५ जना क्षमताको कारागारमा एक सय २२ जना कैदीबन्दी भएपछि व्यवस्थापनमा समस्या भएको कारागार प्रमुख राजन कँडेलले जानकारी दिनुभयो ।
कारगार भवन पनि जीर्ण अवस्थामा छ । त्यसमाथि कैदीहरु अधिक संख्यामा भए पछि शौचालय र सु्त्ने स्थानसमेत अभाव भएको छ ।
कारागारमा अहिले ९९ पुरुष, २१ महिला र २ नाबालक छन् । कैन्दीबन्दी व्यवस्थापनका लागि कारागार व्यवस्था विभागमा अनुरोध गरे पनि सुनुवाइ नभएको कारागार प्रमुख कँडेलको गुनासो छ ।
प्रतिक्रिया