धादिङमा ट्याङकर दुर्घटना हुँदा चालकको मृत्यु, सहचालक घाइते
२०७८ मंसिर १९ गते १७:०७

१९ मंसिर २०७८ धादिङ । पृथ्वी राजमार्ग अन्तर्गत धादिङको थाक्रे गाउँपालिका वडा नम्बर २ कोइरालेमा तेलको ट्याङकर दुर्घटना हुँदा ट्याङकर चालकको घटनास्थमै मृत्यु भएको छ ।
घटनामा सहचालक घाइते भएका छन् । मृत्यु हुनेमा बारा जिल्ला जितपुर सिमारा उपमहानगरपालिका– २२ का ५७ वर्षीय सुकमान लामाको घटनास्थलमै मृत्यु भएको हो ।
यस्तै घाइते सहचालक मकवानपुर बागमती गाउँपालिका–८ फापरबारीका १७ वर्षीय जय गोलानको ट्रमा सेन्टर काठमाडौंमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय गजुरी धादिङका प्रहरी नायव उपरीक्षक भावेश रिमालले जानकारी दिनुभयो ।
प्रतिक्रिया