खिमविक्रम शाही प्रदेश मामिला समिति सभापति चयन

हिमालय टिभी
२०७८ साउन ५ गते १८:५३
खिमविक्रम शाही प्रदेश मामिला समिति सभापति चयन

५ साउन २०७८ काठमाडौं । गण्डकी प्रदेश सभाको प्रदेश मामिला समिति सभापतिमा खिमबिक्रम शाही निर्वाचित हुनु भएको छ । शाही आज सर्वसम्मत रुपमा सभापतिमा चयन हुनु भएको हो ।

राष्ट्रिय जनमोर्चाका सांसद कृष्ण थापा पदमुक्त भएपछि रिक्त रहेको पदमा आज निर्वाचन भएको हो । १३ सदस्यीय समितिमा ६ जना सदस्य रहेको एमालेका उम्मेदवार इन्द्रधारा विष्टले शाहीलाई नै समर्थन गर्दै उम्मेद्वारी फिर्ता लिनु भएको थियो ।

प्रतिपक्षी दल एमालेले सार्वजनिक लेखा समिति सभापति पाउने भएपछि विष्टले उम्मेदवारी फिर्ता लिनु भएको थियो । शाहीलाई आजै सभामुख नेत्रनाथ अधिकारीले पद तथा गोपनीयताको शपथ गराउनु भयो ।

तत्कालिन मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले वैशाख १५ गते विश्वासको मत लिने भनिएको दिन एकाएक हराएको भनेर चर्चामा आएका शाही आफ्नै पार्टीका सांसद थापा पार्टीबाट निश्कासित भएपछि संसदीय समितिको सभापति बन्नु भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *