चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु

हिमालय टिभी
२०७८ असार ७ गते १६:५५
चितवनमा बाघको आक्रमणबाट एक जना महिलाको मृत्यु

७ असार २०७८ चितवन । चितवनको रत्ननगर नगरपालिकामा बाघको आक्रमणबाट एक महिलाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा रत्ननगर नगरपालिका– ५ मगरटोल निवासी ३० वर्षीया गीता अधिकारी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

अधिकारी स्थानीय जनकौली मध्यवर्ती सामुदायिक वनमा निहुरो टिप्न गएको समयमा बाघले आक्रमण गरेको थियो । बाघको आक्रमणबाट उनको घटनास्थलमानै मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीकाअनुसार घटनास्थलमा प्रहरी पुगिसकेको भए पनि बाघ आसपासमै भएकाले शव उठाउन सकिएको छैन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *