कोरोना रोकथामका लागि डीसीसीएमसीलाई ७९ लाख दिने निर्णय

हिमालय टिभी
२०७८ वैशाख २२ गते १८:२१
कोरोना रोकथामका लागि डीसीसीएमसीलाई ७९ लाख दिने निर्णय

२२ वैशाख २०७८ बुटवल । कोरोना रोकथाम तथा नियन्त्रणको लागि लुम्बिनी प्रदेश सरकारले जिल्लास्तरीय कोभिड १९ संकट व्यवस्थापन केन्द्र (डीसीसीएमसी)लाई ७९ लाख रुपैयाँ दिने भएको छ ।

लुम्बिनी प्रदेश सरकारको १२ वटै जिल्लालाई कुल ७९ लाख रुपैयाँ उपलब्ध गराउने निर्णय गरेको हो । सीमा क्षेत्रमा होल्डिङ सेन्टर व्यवस्थापन र कोरोना महामारी नियन्त्रणमा खर्च गर्नेगरी यो रकम उपलब्ध गराइएको प्रदेश सरकारका प्रवक्ता बैजनाथ चौधरीले जानकारी दिनुभयो ।

लुम्बिनी प्रदेश सरकारले कोभिडबाट बढी प्रभावित रुपन्देही र बाँके जिल्लाका लागि १०–१० लाख रुपैयाँ उपलब्ध गराउने छ ।

त्यसैगरी कपिलबस्तुलाई ८ लाख, नवलपरासी, दाङ, बर्दियालाई ७–७ लाख रुपैयाँ दिइने छ । यसैगरी गुल्मी, पाल्पा अर्घाखाँची, रोल्पा, प्युठान र पूर्व रुकुमलाई ५५ लाख रुपैयाँ छुट्याइएको मन्त्री चौधारीले जानकारी दिनुभयो ।

यस्तै लुम्बिनी प्रदेश सरकारको बैठकले जेठमा गर्ने भनिएको प्रदेश लगानी सम्मेलन कोरोना संक्रमणका कारण कात्तिकमा गर्ने निर्णय पनि गरेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *