बाँकेमा थपिए २ सय ५३ जना कोरोना संक्रमित

हिमालय टिभी
२०७८ वैशाख १८ गते १३:१४
बाँकेमा थपिए २ सय ५३ जना कोरोना संक्रमित

१८ वैशाख २०७८ बाँके । बाँकेको भेरी अस्पतालमा पछिल्लो पटक कोरोनाका दुई सय ५३ संक्रमित थपिएका छन् ।

३ सय २८ नमूना परीक्षण गर्दा २ सय ५३ जनामा पोजेटिभ देखिएको हो । यो ७७ दशमलव एक तीन प्रतिशत हो ।

संक्रमित हुनेमा एक सय १८ महिला र एक सय ३५ पुरुष छन् । २० देखि २९ वर्ष उमेर समूह सबैभन्दा बढी प्रभावित देखिएका छन् ।

त्यसपछि ३०(३९ वर्ष उमेर समुह बढी प्रभावित देखिएको छ । नेपालगञ्ज उपमहानगरपालिका धेरै प्रभावित छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *