धनकुटा अस्पतालमा भेन्टिलेटर र आईसीयु डेढ महिनादेखि अलपत्र (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ वैशाख ८ गते १३:३४
धनकुटा अस्पतालमा भेन्टिलेटर र आईसीयु डेढ महिनादेखि अलपत्र (भिडियो रिपोर्टसहित)

८ वैशाख २०७८ धनकुटा । जिल्ला अस्पताल धनकुटामा भेन्टिलेटर र आईसीयू बेड डेढ महिनादेखि अलपत्र परेका छन् ।

उपकरण ल्याएको डेढ महिनाभन्दा बढी भइसक्दा पनि भवन नहुँदा भेन्टिलेटर र आईसीयूका उपकरणहरु जडान हुन नसकेको जिल्ला अस्पताल धनकुटाका निमित्त मेडिकल सुपरिवेक्षक डा. पुजन विश्वकर्माले जानकारी दिनुभयो ।

जिल्ला स्वास्थ्य कार्यालयको भवनमा अस्पतालको केहि सेवासहितको प्रशासनिक फाँट सारेर खाली भएको स्थानमा भेन्टिलेटरसहितको आईसीयू वेडका लागि आवश्यक उपकरण जडान गर्ने प्रक्रिया अघि बढाइएको थियो । तर जिल्ला स्वास्थ्य कार्यालय नसरेको कारण जडान हुन नसकेको हो ।

जिल्ला स्वास्थ्य कार्यालय १ नम्बर प्रदेशको सामाजिक विकास मन्त्रालयको मन्त्रीस्तरको वैठकले अहिलेको स्वास्थ्य कार्यालय धनकुटा नगरपालिका वडा नम्बर ४ देव्रेवासस्थित महिला विकास कार्यालयको नयाँ भवनमा सार्ने निर्णय गरेको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *