कर्णालीमा कोरोना फैलन नदिन उच्च सतर्कता (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १६ गते १३:५७
कर्णालीमा कोरोना फैलन नदिन उच्च सतर्कता (भिडियो रिपोर्टसहित)

१६ चैत २०७७ कर्णाली । कर्णाली प्रदेशमा कोरोना संक्रमणको जोखिम बढ्ने भन्दै प्रदेश सरकारले उच्च सुरक्षा सतर्कता अपनाउन थालेको छ ।

भारतका विभिन्न राज्यमा लकडाउन हुन थालेपछि रोजगारीको सिलसिलामा भारत गएकाहरु घर फर्कन थालेपछि सतर्कता अपनाउन थालिएको हो ।

प्रदेश भित्रिने नाका सल्यानको कपुरकोट, बाँके र सुर्खेतको सिमाना बबई र पञ्चपुरीको जामु लगायतका स्थानमा हेल्थ डेस्क पुनःस्थापना गर्न लागिएको स्वास्थ्य सेवा निर्देशनालय कर्णाली प्रदेशका स्वास्थ्य निर्देशक डा. रवीन खड्काले जानकारी दिनुभयो ।

संघीय सरकारले निर्देशन दिएसँगै प्रदेश सरकारले हटाइएका क्वारन्टिन निर्माणको तयारी थालेको छ । कर्णालीमा ८ सय ९१ स्थानमा ४१ हजार ९ सय ५६ बेडका क्वारन्टिन निर्माण गरिएको थियो ।

जसमध्ये कात्तिक पहिलो साता १५ स्थानमा सञ्चालनमा रहेका ठूलो क्षमताका ४० हजार ५० बेड क्वरिन्टन हटाइएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *