एक करोड ४७ लाखसहित भारतीय नागरिक नागढुंगामा पक्राउ

हिमालय टिभी
२०७७ पुष २० गते १७:०६
एक करोड ४७ लाखसहित भारतीय नागरिक नागढुंगामा पक्राउ

२० पुस, काठमाडौं । काठमाडौंको नागढुंगाबाट भारतीय नागरिक १ करोड ४७ लाख ८६ हजार रुपैयाँसहित पक्राउ परेका छन्।

भारतको गोरखपुर घण्टाघर घर बताउने ३० वर्षीय अमित कुमार गुप्ता स्रोत नखुलेको रकमसहित पक्राउ परेका हुन्। यस्तै कपिलवस्तुको वाणगंगा नगरपालिका ४ का २२ वर्षीय कार चालक संगम थारुलाई पनि प्रहरीले पक्रेको छ ।

बिहान साढे ४ बजे नागढुंगा चेक प्वाइन्टबाट उनीहरुलाई प्रहरीले पक्राउ गरेको प्रहरी प्रवक्ता बसन्तबहादुर कुँवरले जानकारी दिनुभयो ।

विशेष सूचनाका आधारमा महानगरीय प्रहरी प्रभाग नागढुंगाबाट खटिएको प्रहरी टोलीले प्रदेश ३–०१ ०२३ च २२५९ नम्वरको कारमा राखिएको अवस्थामा रकम बरामद गरेको हो । रकमको स्रोत नखुलेकाले उनलाई पक्राउ गरिएको प्रहरी प्रवक्ता कुँवरले जानकारी दिनुभयो ।

प्रहरीले थप अनुसन्धानको जिम्मा सम्पत्ति शुद्धीकरण विभागलाई दिएको छ ।

बरामद रकमबारे थप अनुसन्धान गर्न भन्दै काठमाडौं प्रहरीले पक्राउ परेका व्यक्ति र रकम सम्पत्ति शुद्धीकरण विभागको जिम्मा लगाएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *