स्थानीय तहले दिने सिपमूलक तालिम लिएर ३५ जना महिला बने आत्मभिर्नर (भिडियोसहित)

हिमालय टिभी
२०७७ मंसिर १८ गते २०:०५
स्थानीय तहले दिने सिपमूलक तालिम लिएर ३५ जना महिला बने आत्मभिर्नर (भिडियोसहित)

१८ मंसिर, २०७७, बुटवल । स्थानीय तहले दिने विभिन्न तालिम गोष्ठी प्रभावकारी नभएको भन्दै आलोचना हुने गरेको छ । लक्षित वर्गलाई भनेर छुट्टाइने बजेट यस्ता कार्यक्रममा खर्च गरे पनि उपलव्धि केही हुँदैन । तर रुपन्देहीको सियारी गाउँपालिकामा भने सीपमूलक तालिम लिएर ३५ जना महिला आत्मभिर्नर भएका छन् ।

रुपन्देहीको सियारी गाउँपालिकाकी ममता चौधरी साडीमा बुट्टा भर्न ब्यस्त हुनुहुन्छ । घरको काम सकेर उहाँ आफ्नै कोठामा बसेर सिलाई बुनाईसँगै बुट्टा भर्ने काम गर्नुहुन्छ । साडी, सल, घलेकमा पोतेका बुट्टा भर्न भ्याई–नभ्याई हुने गरेको छ । एउटा साडीमा बुट्टा भर्दा १५ सय कमाई हुन्छ । गाउँपालिकाबाट सिलाई–बुनाईसँगै बुटिक र फेसन डिजाईनिङ्गको तालिम लिएपछि चौधरीले घरको कामसँगै मासिक १५ हजार कमाइरहनु भएकोछ ।

ममता मात्रै इन गाउँपालिकाले सञ्चालन गरेको सीपमूलक तालिम लिएर नन्दकुमार चौधरी पनि स्वरोजगार बन्नु भएको छ । महिलाले मात्र बुट्टा भर्ने काम गर्छन् भन्ने मान्यतालाई तोड्दै नन्दकुमारले गाउँपालिकाले सञ्चालन गरेको बुटिक तालिम लिनुभयो । ३ महिने तालिम लिएर गाउँमा ब्यवसायिक पसल नै सञ्चालन गर्दै चौधरीले यो काम गर्नुहुन्छ । यसबाट नन्दकुमार मासिक ३५ हजारसम्म कमाउने गर्नु भएको छ ।

सियारी गाउँपालिकाले लक्षित वर्गलाई सञ्चालन गरेको सीपमूलक तालिमपछि अहिले गाउँमा ३५ महिला स्वरोजगार बनेका छन । गाउँपालिकाले सञ्चालन गरेको सिलाई बुनाई, फेसन डिजाइन, बुटिक तालिम सिकेपछि महिलाले आफ्नै ब्यावसाय सञ्चालन गरेर राम्रो आम्दानी गर्न सफल भएका छन् ।

गाउँपालिकाले लक्षित वर्गका लागि भन्दै वर्षेनी बजेट छुट्टाएर सीपमूलक तालिम सञ्चालन गर्दै आएको छ । तालिममा सहभागी भएर सीप सिकेकालाई अनिवार्य काम गरेर देखाउनुपर्ने गाउँपालिकाले नीति लिएको छ । समय समयमा अनुगमन गर्दै पनि आएको छ ।

गाउँपालिकाले गत आर्थिक वर्षमा फेसन डिजाइनका लागि ४ लाख र सिलाई–बुनाइका लागि ३ लाख बजेट छुट्टाएर तालिम सञ्चालन गरेको थियो । काम गर्न इच्छुक भएकालाई मात्र गाउँपालिकाले छनोट गरेर तालिम सञ्चालन गर्दै आएको छ । यसले गर्दा लक्षित वर्गलाई छुट्टाईएको बजेट प्रभावकारी देखिएको हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *