पेस्तोल देखाएर लुटपाट गर्ने तीन जना पक्राउ
२०७७ कार्तिक २४ गते १८:२७

२४ कात्तिक, २०७७, कञ्चनपुर । कञ्चनपुरको बेदकोट नगरपालिका–५ पोलखेरीमा पेस्तोल देखाइ रकम लुटपाट गर्ने ३ जनालाई प्रहरीले पक्राउ गरेर आज सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले बेदकोट नगरपालिका वडा नम्बर १ का २८ वर्षीय केदार विष्ट, वडा नम्बर ५ का २४ वर्षीय दिपक भट्ट र वडा नम्बर २ का २२ वर्षीय पारसमणि जोशी पक्राउ परेको जनाएको छ ।
उनीहरुले आफूहरु प्रहरी ब्युरोबाट आएको भन्दै बेदकोट नगरपालिका वडा नम्बर ५ पोलखरीका हरेन्द्र बोहराको घरबाट ३ लाख र मोबाइल लुटेका थिए ।
प्रहरीले अनुसन्धान गर्ने क्रममा केदार विष्टको घरबाट टाइप ५४ जस्तो देखिने पेस्तोल र २ राउण्ड गोली लोड गरेको म्यागजिन, २ थान मोबाइल, २ वटा मोटरसाइकल बरामद गरेको जनाएको छ।
प्रतिक्रिया