समाज

रुपा तालको रुप फेर्ने यस्तो छ तयारी (भिडियोसहित)

हिमालय टिभी
२०७७ असोज २५ गते १७:१०
रुपा तालको रुप फेर्ने यस्तो छ तयारी (भिडियोसहित)

२५ असोज, २०७७ कास्की । कास्कीको रुपाताल संरक्षणका लागि रूपाताल संरक्षण एकीकृत विकास परियोजनाले अहिले काम गरिहेको छ । रूपातालको मुख्य पानीको स्रोत खोलाखोल्सीमा चेक ड्याम बनाउने काम र जलाधार क्षेत्रमा गएका पहिरो रोक्न बायोइञ्जिनियरिङ गरिएको छ ।

चालु आर्थिक वर्षमा ताल संरक्षणको मुख्य काम ड्याम र तालको पूर्वतिर बल लेनको पक्की सडकको निर्माण शरु गर्ने परियोजनाको तयारी छ भने तालको पश्चिमतर्फ ४ किलोमिटरको फुट ट्रेक पनि बन्ने छ ।

‘तालैतालको शहर’ उपमा पाएको पोखरामा ताल संरक्षणको मुद्दा भने पेचिलो छ । यसको ज्वलन्त उदाहरण हो– फेवाताल । अतिक्रमणमा परेर फेवाताल दिनप्रतिदिन खुम्चिँदो छ । मानवीय अतिक्रमणको चपेटामा परेको फेवातालकै नियति दोहोरिन नदिन पोखराकै तेस्रो ठुलो ताल ’रूपाताल संरक्षण एकीकृत विकास परियोजना’ कार्यान्वयनको चरणमा छ । यो परियोजनाको काम सकिँदा रूपाको आकार बढ्ने छ, भने पानी चार गुणा थपिनेछ । साथै संरक्षणको अभावमा पुरिँदै गएको ताल पुरिनबाट जोगिनेछ । त्यसपछि पोखराको पर्यटन क्षेत्रमा अर्को इट्टा थपिनेछ ।

वर्षेनी बाढी, पहिरो र खहरे खोलाहरूले ल्याउने ढुङ्गा, गिटी, माटोले ताल पुरिबाट जोगाउन परियोजनाले पहिलो चरणमा काम गरिरहेको छ ।

जलाधार क्षेत्रमा गएका पहिरो रोक्न बायो–इञ्जिनियरिङ गरिएको छ भने खोला नियन्त्रण गर्न तालदेखि २ किलोमिटरसम्म किनारामा बाँध लगाएको छ । रूपातालको मुख्य पानीको स्रोत तालबेसी खोला, कुसुन्दी खोला, दोभान खोलालगायत खोला र खोल्साहरूमा चेक ड्याम बनाइएको छ । ताल संरक्षणका लागि ठूला निर्माण कार्यका लागि टेन्डर गर्ने तयारी छ ।

ताल वारीपारिको जंगलका कारण पनि यो ठाउँ जैविक विविधताले धनी छ । रूपातालमा १ सय ७५ प्रजातिका माछा पाइन्छन् । रूपातालमा अहिलेको भन्दा ४ मिटर उचाइ बढ्ने गरी ६ सय मिटर लामो र बाँध बन्ने छ ।

बाँधले तालको क्षेत्रफल १२२ बाट बढाएर १८४ हेक्टर पुग्ने छ । भने तालको हालको गहिराइ ३ देखि साढे ४ मिटरबाट बढेर ६ देखि ९ मिटरसम्म गहिराइ हुने छ । परियोजनाले बाँधको डिजाइन स्विकृतिका लागि विभागमा पठाएको छ ।

परियोजनाका लागि ९ सय ९५ रोपनी व्यक्तिको जग्गा अधिग्रहण गर्नु पर्नेछ । हालसम्म परियोजनाले करिब ५ सय रोपनी जग्गाको मुआब्जा बाडिसकेको छ । रूपाताल संरक्षणका लागि बनाएको बृहत्तर परियोजनाले पर्यटन विकासका खाका पनि कोरेको छ ।

तालको पुर्वपट्टी अहिले ट्रयाक खुलेको सडक स्तोरउन्नती भइ २ लेनको पक्की मोटर बाटो बन्नेछ । यता तालको पश्चिम क्षेत्रको जंंगलमा साइकल गुडाउन मिल्ने गरी ४ किलोमिटर ‘फुट ट्रेक’ बन्ने छ । यो पोखराकै लामो ’फुट ट्रेक’ हुने छ ।

पर्यटकीय पूर्वाधारसहित ताल संरक्षणको एकीकृत योजना सम्पन्न गर्न ४ अर्ब ५१ करोड ६६ लाख खर्च लाग्ने अनुमान छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *