प्राकृतिक सुन्दरताले भरिएको पाँचथरको लेखगाउँ (भिडियो रिपोर्टसहित)

१९ चैत २०७८ पाँचथर । पाँचथरको लेखगाउँ प्राकृतिक सुन्दरताले भरिएको ठाउँ हो । कुम्भकर्ण, मकालु हिमालको दृष्यावलोकन र गोधुला भोजुला, छत्रे, बोजोला तालमा रमाउन पर्यटक यहाँ पुग्ने गर्छन् ।
स्थानीयले आफ्नै पहलमा डुडगा सवारी तथा घरमा आतिथ्य सत्कारजस्ता काम गरेका छन् । तर, प्रचार प्रसारको अभावमा पर्यटक आकर्षण गर्न सकिएको छैन ।
पाँचथर जिल्लाको दक्षिणी मिक्लाजुङ–७ लेखगाँउ । यहि गाउँको छेउमा रहेको गोधुला भोजुला ताल । सानो गाउँ, चारैतिर ससाना डाँडाहरु र त्यहि डाँडाको बीचमा ताल । साँच्चै सुन्दर छ, लेखगाउँ ।
यो गाउँलाई पर्यटकीय रुपमा विकास गर्न स्थानीय पहल गरिरहेका छन् । सूर्योदय र तालमा पर्ने प्रतिबिम्ब हेर्न यहाँ पर्यटकहरु पुग्ने गर्छन् । पर्यटकको मनोरञ्जनका लागि डुङ्गा पनि संचालन गरिएको छ । ग्रामीण जीवनको अनुभूति गर्न र प्राकृतिक सुन्दरतासँग रमाउन पर्यटक यहाँ पुग्ने गर्छन् ।
कुम्भकर्ण, मकालु जस्ता हिमालको दृष्य , गोधुला भोजुला, छत्रे बोजोला जस्ता ताल, फराकीलो खेल मैदान यहाँका विशेषता हुन । समुद्र सतहदेखि दुई हजार २ सय मीटरको उचाईमा रहेको यो ठाउँमा गर्मी कटाउन पुग्ने गर्छन् । यहाँ आउने पर्यटकलाई स्थानीयले आफ्नो घरमा नै राख्छन् ।
स्थानीयले आफ्नै पहलमा केही काम त गरेका छन् तर पर्याप्त भने छैन । प्रचार प्रसारको अभाव तथा स्थानीय सरकारको चासो नगएका कारण यहाँ पर्यटक आउने क्रम घढेको छ ।
प्रतिक्रिया