न्यायालय सुधारका लागि आफूहरु अन्य न्यायाधीशकै पक्षमा रहेको पाँच न्यायाधीशको प्रष्टीकरण

१ मंसिर २०७८ काठमाडौं । सर्वोच्च अदालतका पाँच न्यायाधीशले न्यायालय सुधारका लागि आफूहरु अरु न्यायाधीशकै पक्षमा रहेको बताएका छन् ।
आज नेपाल बार एशोसिएसशनका पदाधिकारीहरुसँगको छलफलमा पाँच न्यायाधीशले न्यायसेवा अनिर्णयको बन्दी बनेकोमा चिन्ता मात्र आफूहरुको रहेको बताएका छन् ।
उनीहरुले बन्दीप्रत्यक्षीकरण, मुद्दा फिर्ता, मिलापत्र, तामेली जस्ता मुद्दाहरु रोक्न नहुने बताएका थिए ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको राजीनामा माग गर्दै न्यायाधीशहरुले झण्डै एक महिनादेखि इजलास बहिष्कार गर्दै आएका थिए ।
सोमबार तेजबहादुर केसी, कुमार रेग्मी, बमकुमार श्रेष्ठ, मनोजकुमार शर्मा र कुमार चुडालले न्यायाधीशहरुको छलफलबाट अलग भएको बताउनुभएको थियो। पाँच न्यायाधीशले मंगलबारदेखि इजलासमा बस्दै निवेदन फिर्ता जस्ता सामान्य मुद्दाहरु हेरेका छन् ।
प्रतिक्रिया