श्रीमतीको हत्यापछि श्रीमानले किन गरे आत्महत्या ?
२०७८ साउन १९ गते ६:५५

१९ साउन २०७८ धादिङ । धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर २ हुर्रेमा एक दम्पतीको शव फेला परेको छ ।
सोमबार दिउँसो सोही ठाउँ बस्ने अन्दाजी ४४–४५ वर्षकी भिममाया वि.क घरको पूर्वतर्फ ५ सय मिटर पर कच्ची सडकमा घोप्टो परेको अवस्थामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।
यस्तै मृतक महिलाको श्रीमान् पनि भुण्डिएको अवस्थामा फेला परेका छन् । श्रीमती मृत भेटिएको स्थानभन्दा अन्दाजी ५ सय मिटर पर खनायोको रुखमा झुण्डिएको अवस्थामा अन्दाजी ५०–५१ वर्षीय तिर्थ वि.क भुण्डिएको अवस्थामा फेला परेका हुन् ।
घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । स्थानीयहरुले भने श्रीमानले हत्या गरी आफुले आत्महत्या गरेको हुनसक्ने अनुमान लगाएका छन् ।
प्रतिक्रिया