बर्दियामा बाघको आक्रमणबाट एक जनाको मृत्यु
२०७८ साउन ३ गते १३:०७

३ साउन २०७८ बर्दिया । पाटे बाघको आक्रमणमा परि बर्दियामा एक जनाको मृत्यु भएको छ ।
बाघको आक्रमणबाट ठाकुरबाबा नगरपालिका वडा नम्बर ६ मोतिपुरका ७० वर्षीय गोरे थापाको मृत्यु भएको बर्दिया राष्ट्रिय निकुञ्जले जनाएको छ ।
हिजो भैंसी चराउन गएका थापा घर नफर्किएपछि खोजी गर्ने क्रममा आज विहान कालीगौडी बफरजोन सामुदायिक वनमा उहाँको शव भेटिएको हो । यो सहित बर्दियामा पाटेबाघको आक्रमणबाट एक वर्षभित्र १३ जनाको मृत्यु भएको छ ।
निकुञ्ज प्रशासन र डिभिजन वन कार्यालयले बाघको जोखिम रहेको जंगल तथा सामुदायिक वन क्षेत्रमा प्रवेश नगर्न स्थानीयलाई पटक–पटक आग्रह गरे पनि आक्रमणका घटना दोहोरिरहेका छन् ।
प्रतिक्रिया