बाँके कारागारमा उडुस आतंक, कोचाकोच बन्दी लुतोको शिकार (भिडियो रिपोर्टसहित)

१७ वैशाख २०७८ बाँके । नेपालगन्ज कारागारमा उडुसको संक्रमण ब्यापक भए पछि कैदीबन्दी समस्यामा परेका छन् ।
कारागारमा बढेको उडुसको संक्रमण रोक्न कारागार प्रशासनलाई हम्मे हम्मे परेको छ । २ सय ५० क्षमताको बाँके कारागारमा ७ सय ८३ जना कैदी बन्दी छन् ।
स्थान अभाबका कारण साँघुरो कोठामा कैदी बन्दी कोचिएर बस्न बाध्य छन् । एउटा कोठामा ६५ र ७० जनासम्म कैदी बन्दी राख्ने गरिएको छ ।
विषादी छर्किएर उडुस नियन्त्ररण गर्न खोजिए पनि कैदी बन्दीलाई बसाउने वैकल्पिक व्यवस्था नहुँदा समस्या परेको कारागार प्रशासनले जनाएको छ। सरसफाइको अवस्था नाजुक हुँदा अधिकांश कैदी बन्दीमा लुतोको पनि संक्रमण देखिएको छ ।
कोरोना संक्रमण तिब्र रुपमा बढेपछि कारागारमा पनि संक्रमण फैलन सक्ने जोखिम छ । प्रशासनले कैदी बन्दी भेटघाट पूर्ण रुपमा बन्द गरेको छ ।
प्रतिक्रिया