कोरोना जोखिमको प्रवाह नगरी भिडभाडमा जेष्ठ नागरिक (भिडियो रिपोर्टसहित)

९ वैशाख २०७८ दाङ । दाङमा अहिले कोरानो सक्रमणको दर बढिरहेको छ । जिल्ला प्रशासन कार्यालय भिडभाड नगर्न आम नागरिकहरुलाई आग्रह गरिरहेको छ । तर, यति बेला तुलसीपुर बजारका बैंकमा जेष्ठ नागरिकको भिड छ । सामाजिक सुरक्षा भत्ता लिन जेष्ठ नागरिक कोरोनाको जोखिमको प्रवाह नगरी भिडभाडमै लाइन बसिरहेका छन् ।
तुलसीपुर उपमहानगरपालिकामा सक्रमण यसरी बढिरहेको छ की कोरोना विशेष अस्पतालमा बेडको अभाव हुन थालेको छ । कोरोनाको विकराल अवस्था देखा परिरहेको अवस्थामा पनि बैंकमा जेष्ठ नागरिकको भिड छ ।
जेष्ठ नागरिक सरकारले दिएको सामाजिक सुरक्षा भत्ता लिनका लागि भिडभाडमै बिहानैदेखि लाइनमा बसिरहेका छन । कोरोनाको सक्रमण जेष्ठ नागरिकमा उच्च हुने भए पनि सामाजिक दुरी, कुनैपनि स्वास्थ्य मापदण्ड पूरा नगरी बैंक अगाडी दिनहुँ सयौ जेष्ठ नागरिकको भिड लाग्ने गरेको छ।
जेष्ठ नागरिकहरु कोरोनाको त्रास हुदाँ समेत पैसाको अभाव हुन थालेपछि पैसा निकाल्न आएको बताउँछन । कतिसपय भने बैंकमा एकदमै भिडभाड देखेपछि फर्किने गरेका छन ।
सामाजिक सुरक्षा भत्ता खातामा आयो भन्ने सुन्ने बित्तिकै सबै जना पैसा निकाल्न बैंक जाने गरेका छन् । पैसाको आवश्यकता नपरेकाहरुले पनि यो भीडमा गएर पैसा निकालेर घरमा राख्ने गरेका छन् । त्यसैले जनचेतना जगाउन आवश्यक छ ।
बैंकमा गएको पैसा ज्येष्ठ नागरिककै पैसा उहाँहरुकै खातामा रहने छ । त्यो पैसा जहिले निकाले पनि हुन्छ । त्यसैले पैसा निकाल्नकै लागि यसरी जोखिम मोलेर भीड नगर्ने उपमहागरपालिकाले आग्रह गर्दै आएको छ ।
जेष्ठ नागरिक भत्ता निकाल्नका लागि भीडमा जानाले संक्रमणको जोखिम बढाएको छ । त्यसैले जेष्ठ नागरिकलाई यसबारेमा बुझाउन आवश्यक छ ।
प्रतिक्रिया