चितवनमा मोटरसाइकल चोरी गर्ने समूह पक्राउ
२०७७ कार्तिक २३ गते १८:३३

२३ कात्तिक, २०७७ चितवन । जिल्ला प्रहरी कार्यालय चितवनले मोटरसाइकल चोरी गर्ने गिरोहका ७ जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ ।
भरतपुर महानगरपालिका स्थित भाटभटेनी सुपर स्टोर अगाडी, कटहर चोक, नहर चोक, पावरहाउस चोक, विक्रम मार्ग लगायतका स्थानबाट उनीहरू पक्राउ परेका हुन् ।
प्रहरीले बारा करैयामाई–५ का विजय चौधरी, राकेश चौधरी, बारा कोल्हवी– ७ का महेश चौधरी, भरतपुर महानगरपालिका वडा नम्बर ११ बस्ने दिनेश गुरुङ र मनोज दराईलाई पक्राउ गरेको हो ।
प्रहरीले चोरीका मोटरसाइकल खरिद गर्ने खैरहनी नगरपालिका वडा नम्बर १२ का समिर चौधरी र अमृत चौधरीलाई पनि पक्राउ गरेको छ । प्रहरीले ४ थान मोटरसाइकल वेवारिसे अवस्थामा फेला पारेको समेत जनाएको छ ।
प्रतिक्रिया