Main News

बागलुङको हारीगाउँमा पहिरोले घर पुर्दा दुई बालकको मृत्यु

हिमालय टिभी
२०७७ साउन ३१ गते १२:४७
बागलुङको हारीगाउँमा पहिरोले घर पुर्दा दुई बालकको मृत्यु

३१ साउन, २०७७, बागलुङ । बागलुङको निसीखोला गाउँपालिका–५ हारीगाउँमा पहिरोले एक घर पुर्दा दुई बालकको मृत्यु भएको छ ।

अविरल वर्षसँगै घरमाथिबाट आएको पहिराले पश्चिम निसीखोला गाउँपालिका–५ कारीगाउँकाका हिराबहादुर विकको घर पुर्दा उहाँका १४ वर्षिय छोरा वीरेन्द्र र ६ वर्षिय नाति प्रवेशको मृत्यु भएको प्रहरीले जनाएको छ ।

पहिरोमा परी उहाँकी श्रीमती विलसरा घाइते हुनुभएको छ । उहाँको पहिरोबाट उद्धार गरी उपचारका लागि झिावाखोला पठाएको निसी प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक लालमणि भट्टराईले जानकारी दिनुभयो ।

गएराती साढे दुई बजे पहिरो जाँदा घरमा सुतेका अन्य ३ जना भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *