Political Hightlights

एमसीसी पारित गर्ने पार्टी निर्णय माओवादी केन्द्रीय समितिमा अनुमोदनका लागि पेश (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन २० गते १७:०८
एमसीसी पारित गर्ने पार्टी निर्णय माओवादी केन्द्रीय समितिमा अनुमोदनका लागि पेश (भिडियो रिपोर्टसहित)

२० फागुन २०७८ काठमाडौं । नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समिति बैठकमा संसदबाट एमसीसी पारित गर्ने पार्टीको निर्णय अनुमोदनका लागि पेश भएको छ ।

अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पूर्वस्थायी समितिको निर्णय अनुमोदनका लागि पेश गरेपछि असन्तुष्ट नेताहरुले फरक मत राख्न थालेका छन् ।

बैठकमा अध्यक्ष प्रचण्डले एमसीसीको व्याख्यात्मक टिप्पणीसहित पारित गर्दा पार्टी महाधिवेशनको भावनाअनुसार नै भएको व्रिफिङ गर्नुभएको थियो ।

बैठकमा पछिल्लो परिस्थिति र अन्तर्राष्ट्रिय सम्बन्धलाई ध्यानमा राखेर महाधिवेशनकै निर्णय अनुसार एमसीसीबारे निर्णय लिएको बताउँदै अध्यक्ष प्रचण्डले अनुमोदन गर्न आग्रह गरेको नेतृ ओनसरी घर्तीले जानकारी दिनुभयो ।

तर, नेता नारायणकाजी श्रेष्ठले एमसीसी राष्ट्रघाती कदम भएकाले पार्टीले गलत निर्णय लिएको बैठकमा बताउनुभएको थियो । उहाँले अध्यक्ष प्रचण्ड व्यक्तिवादी भएको आरोप पनि लगाउनुभएको छ ।

गिरिराजमणि पोखरेल, कृष्णबहादुर महरा लगायतका नेताहरुले फरक मत राख्ने तयारी गर्नुभएको छ । प्रचण्ड निकट नेता मातृका यादवले भने बैठकबाटै समस्याको हल निकाल्नुको सट्टा एमसीसीमा नेताहरुले बाहिर अनावश्यक हल्ला चलाएर व्यक्तिगत कुण्ठा पोखेको आरोप लगाउनुभयो ।

बैठकमा आगामी निर्वाचनसम्म गठबन्धन कायम राख्ने विषयमा पनि छलफल हुनेछ । आजको बैठकमा अध्यक्ष प्रचण्डले गठबन्धन जोगाउँदै निर्वाचनमा जाने र माओवादी केन्द्र दोस्रो पार्टी बन्ने रिपोर्टिङ आफूले पाएको जानकारी गराउनुभएको थियो ।

उहाँ पहिलो बन्नका लागि थप सक्रियता देखाउन केन्द्रीय सदस्यहरुलाई निर्देशन दिनुभयो । बैठकमा स्थायी समिति, पोलिट्व्यूरो र केन्द्रीय समितिलाई पूर्णता दिने विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्