Political Hightlights

कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने

हिमालय टिभी
२०७८ माघ २६ गते १८:५०
कांग्रेस केन्द्रीय समिति बैठक स्थानीय तह निर्वाचन केन्द्रित हुने

२६ माघ २०७८ काठमाडौं । सत्तारुढ प्रमुख घटक नेपाली कांग्रेसले पार्टीको केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने भएको छ ।

आज बसेको कांग्रेस पदाधिकारी बैठकले भोलि बोलाइएको केन्द्रीय कार्य सम्पादन समितिको बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित भएर छलफल गर्ने एजेन्डा तय गरेको हो ।

स्थानीय तह निर्वाचनमा पार्टीलाई कसरी सशक्त बनाउने भन्ने विषयमा केन्द्रित भएर केन्द्रीय कार्य सम्पादन समितिको बैठकको एजेन्डा तय गरिएको पार्टीका प्रवक्ता डा. प्रकाशशरण महतले जानकारी दिनुभयो ।

बैठकमा कोभिडकाकारण स्थगित १६ जिल्लाको अधिवेशन सम्पन्न गराउने र पार्टीका भातृ तथा शुभेच्छुक संस्थाहरुलाई गतिशील बनाउने गरी आवश्यक निर्णय गर्ने एजेन्डा पनि राखिएको छ । प्रवक्ता महतले भातृ तथा शुभेच्छुक संस्थाहरुलाई पूर्णता दिई गतिशील बनाउने विषयमा पनि सो बैठकमा छलफल हुने बताउनु भयो ।

नेपाली कांग्रेसको हिजो बसेको सभापति शेरबहादुर देउवाबाहेकको पदाधिकारी बैठकले नै केन्द्रीय कार्य सम्पादन समिति बैठकमा स्थानीय तह निर्वाचन केन्द्रित छलफल गर्ने निर्णय गरेको थियो । आजको बैठकमा त्यसबारे प्रधानमन्त्रीसमेत रहनु भएका पार्टी सभापति देउवालाई जानकारी गराइएको पनि प्रवक्ता महतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्