Political Hightlights

भारतीय दूतावासको पत्रबारे आफूलाई जानकारी नदिनेमाथि कारबाही गर्छुः प्रम ओली

हिमालय टिभी
२०७६ असार २६ गते ७:५३
भारतीय दूतावासको पत्रबारे आफूलाई जानकारी नदिनेमाथि कारबाही गर्छुः प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले भारतबाट आउने तरकारी र फलफूलको विषादी सीमा नाकामा परीक्षण नगर्न भरतीय दूतावासले लेखेको पत्रबारे समयमै आफूलाई जानकारी नदिनेमाथि कारवाही गर्ने चेतावनी दिएका छन् ।

प्रधानमन्त्री ओलीले क–कसलाई कारवाही गर्ने भन्ने नखुलाए पनि त्यसबारे आफूले सोधीखोजी गरिरहेको बताउनुभयो । प्रधानमन्त्री केपी शर्मा ओलीले विषादी प्रकरणमा भारतीय पत्रबारे जानकारी नदिएर झुक्याइएको गुनासो गर्दै क्षमायाचना गर्नुभएको छ ।

काठमाडौंमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले भारतबाट आएको पत्र गोप्य राख्दा आफू लज्जित हुनुपर्ने अवस्था आएको भन्दै प्रधानमन्त्री ओलीले यसबारे खोजबिन भइरहेको बताउनुभयो ।

भारतीय दुतावासले लेखेको पत्रका बारेमा समयमै जानकारी नदिनेमाथि कारवाही गर्ने पनि उहाँले चेतावनी दिनुभयो । विभिन्न ठाउँमा कूटनीतिक प्रयास हुनु र आफूलाई जानकारी नदिनु लज्जाको विषय भएको उहाँले बताउनुभयो ।

नेपालीको भान्सामा विषादी पाक्न हुँदैन, शुद्ध खाना हुनुपर्छ भन्ने सरकारको उद्देश्य रहेको भन्दै प्रधानमन्त्री ओलीले सरकारविरुद्ध चलाएको मिसन पूरा हुन नदिने पनि बताउनुभयो । प्रधानमन्त्री ओलीले सरकारविरुद्ध अनावश्यक भ्रम फिजाइएको भन्दै असन्तुष्टि समेत जनाउनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्