Main News

राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि शुरु

हिमालय टिभी
२०७८ माघ १० गते ७:५०
राष्ट्रियसभा निर्वाचनका लागि मौन अवधि शुरु

१० माघ २०७८ काठमाडौं । राष्ट्रियसभा सदस्यको माघ १२ गते हुने निर्वाचनका लागि मौन अवधि शुरु भएको छ।

गएरातिबाट शुरु भएको मौन अवधिभर निर्वाचन प्रसारप्रसार गर्न र मत माग्न नहुने निर्वाचन अयोगले जनाएको छ ।

आयोगले एसएमएस, फेसबुक, भाइबर जस्ता विद्युतीय माध्यम प्रयोग गरिने सामाजिक सञ्जालमार्फत समेत मत माग्न र निर्वाचन प्रचार प्रसार गर्न नहुने जनाएको छ ।

यस्तै उम्मेदवार वा राजनीतिक दलको प्रचारप्रसार हुने गरी कुनै समाचार वा सूचना प्रकाशन वा प्रसारण नगर्न आयोगले आग्रह गरेको छ ।

निर्वाचन प्रयोजनका लागि निर्वाचन मण्डलको अन्तिम मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदानका लागि आवश्यक कागजपत्र तय गर्न भनेको छ ।

मौन अवधि शुरु हुनुभन्दा अघि मतदान केन्द्रको तीन सय मिटर वरपर राखिएका निर्वाचन चिह्न तथा प्रचार प्रसारका सामग्री हटाइनुपर्ने आयोगले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *