Main News

प्रचण्डको प्रतिवेदनमा कस्ता सुझाव आएका छन् ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ पुष १४ गते २०:३२
प्रचण्डको प्रतिवेदनमा कस्ता सुझाव आएका छन् ? (भिडियो रिपोर्टसहित)

१४ पुस २०७८ काठमाडौं । माओवादी केन्द्रको आठौं महाधिवेशन लम्बिदै गएको छ । शुरुमा राष्ट्रिय सम्मेलन गर्ने तयारी गरेको माओवादी केन्द्रले महाधिवेशनतर्फ मोडिएपछि बन्दसत्र समेत लम्बिएको छ ।

बन्द सत्रमा अध्यक्ष प्रचण्डले ल्याएको प्रतिवेदन र विधान परिमार्जनका लागि २५ समूहमध्ये ११ समूहका नेताले निष्कर्ष सुनाएका छन । अहिलेसम्म कस्ता सुझाव आएका छन् त ?

नेकपा माओवादी केन्द्रको आठौं महाधिवेशनअन्तर्गत चौथो दिनसम्म पनि अध्यक्ष प्रचण्डले ल्याएको राजनीतिक दस्तावेज र स्थायी समिति सदस्य देव गुरुङले पेश गरेको विधान परिमार्जन प्रस्तावमाथि छलफल जारी छ ।

पुस ११ गतेदेखि महाधिवेशन शुरु गरेको माओवादीमा १२ गतेदेखि बन्द सत्र चलिरहेको छ । तीन दिन बन्दसत्रमा ११ वटा समूहले छलफलबाट दस्तावेजको निष्कर्ष निकालेका छन् ।

बन्दसत्रमा बिहीबार १४ वटा समूहले निष्कर्ष निकालेपछि अध्यक्ष प्रचण्डले जवाफ दिनुहुनेछ । बन्दसत्रमा धेरैको सुझाव कार्यान्वयनमै जोड दिनुपर्ने रहेको छ ।

२५ समूह बनाएर गरिएको छलफलले दस्तावेजलाई समाजवादी दिशा तिर अगाडी बढ्न सहयोग पुग्ने निष्कर्ष निकालिरहेका छन् । तर दस्तावेजमा लेखिएको कुरा कार्यान्यवन गर्न तर्फ केन्द्रित हुनुपर्नेमा जोड दिएर प्रतिनिधिबाट धेरै सुझाव आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *