Main News

बागमति प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

हिमालय टिभी
२०७८ पुष ८ गते १४:३६
बागमति प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित

८ पुस २०७८ हेटौंडा । बागमती प्रदेशको प्रदेशसभा बैठक अनिश्चितकालका लागि स्थगित भएको छ।

प्रदेशसभा भवन हेटौडामा आज बिहान ११ बजे बसेको बैठकमा मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डे अनुपस्थित भएपछि प्रमुख प्रतिपक्षी एमालेले बैठक अवरोध गरेको थियो ।

आफ्नो पार्टीले उठाएका प्रश्‍नहरूको जवाफ दिनुपर्नेमा मुख्यमन्त्री पाण्डे अनुपस्थित भएको भन्दै एमालेले बैठक अवरोध गरेको हो । एमालेको अवरोधपछि सभामुख सानुकुमार श्रेष्ठले बैठक अर्को सूचना जारी नभएसम्मका लागि स्थगित भएको जानकारी दिनुभएको छ ।

एमालेले आफू सरकारमा रहँदा सुरु गरिएको गौरवको आयोजना कटौती फिर्ता हुनुपर्ने, मुख्यमन्त्री पाण्डेले धादिङमा दिएको सार्वजनिक अभिव्यक्तिमा माफी माग्नुपर्ने र मन्त्रालय विभाजनको विषयमा स्पष्ट रुपमा जवाफ दिनुपर्ने माग गर्दै हिजोको प्रदेशसभा बैठक अवरुद्ध गरेको थियो । तर मुख्यमन्त्री पाण्डेले आजको बैठकमा जवाफ दिने प्रतिवद्वता जनाएपछि एमाले सदन सञ्चालन गर्न सहमत भएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *