Main News

एमसीसीबारे डिसेम्बर १४ भित्र निर्णय गर्न अमेरिकाको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ मंसिर ३ गते १८:२४
एमसीसीबारे डिसेम्बर १४ भित्र निर्णय गर्न अमेरिकाको अल्टिमेटम (भिडियो रिपोर्टसहित)

३ मंसिर २०७८ काठमाडौं । अमेरिकाले आफ्नो सहयोग परियोजना (एमसीसी) लिने नलिने बारेमा डिसेम्बर १४ भित्र निर्णय गर्न नेपाललाई अल्टिमेटम दिएको छ ।

दक्षिण तथा मध्य एसियाली मामिला हेर्ने अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको भेटमा अरु देशले यो परियोजना मागिरहेको भन्दै नेपाललाई डिसेम्बर १४ भित्र निर्णय गर्न आग्रह गर्नुभएको हो ।

भेटमा अध्यक्ष प्रचण्डले राजनीतिक दल, बुद्धिजिवी, पत्रकार लगायतसँग छलफल गरेर सकेसम्म छिटो टुंगो लगाउने बताउनुभएको थियो । सुरुमा एमसीसी संसदबाट अनुमोदन गर्ने सम्झौता नभएको तर पछि थपिएपछि द्विविदा देखिएकाले नेपालमा आंशका बढेको लु लाइ जानकारी गराउनुभयो ।

भेटवार्तामा लुले नेपालको विकास प्रक्रिया, जलविद्युत, पर्यटन, कृषि बिकासको सम्भावनाको बिषयमा चासो ब्यक्त गरेको प्रचण्डले बताउनुभयो ।

यस्तै लुले आजै नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली तथा परराष्ट्रमन्त्री डाक्टर नारायण खड्कासँग पनि भेट गर्नुभयो । एमाले अध्यक्ष ओलीले आफूहरु अहिले निर्णय गर्ने ठाउँमा नभएको भन्दै सरकार र सरकारमा रहेका दलले गर्ने निर्णय हेरेर अघि बढ्ने बताउनुभयो ।

अमेरिकी विदेश मन्त्री लूले अमेरिकाले विभिन्न स्वास्थ्य, शिक्षा र रोजगार लगायतका क्षेत्रमा गरिरहेको सहयोगलाई अझै बिस्तार गर्ने प्रतिवद्धता समेत जनाउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *