Main News

सिन्धुपाल्चोकमा बाढी र पहिरो, सात जनाको मृत्यु, खोजी र उद्धार जारी (भिडियो र फोटो फिचरसहित)

हिमालय टिभी
२०७८ असार २ गते ९:०३
सिन्धुपाल्चोकमा बाढी र पहिरो, सात जनाको मृत्यु, खोजी र उद्धार जारी (भिडियो र फोटो फिचरसहित)

२ असार २०७८ सिन्धुपाल्चोक । हिजो परेको पानीकाकारण सिन्धुपाल्चोकको हेलम्बु र मेलम्ची क्षेत्रमा भिषण बाढी र पहिरो गएको छ । बाढी र पहिरोबाट सात जनाको मृत्यु भएको पुष्टि भएको छ ।

७ जनाको मृत्यु भएको खबर आएको प्रहरीले जनाएको हो । वास्तविक विवरण संकलन भइरहेको सिन्धुपाल्चोकका डीएसपी प्रकाश सापकोटाले जनाकारी दिनुभयो । बाढी र पहिरो प्रभावित क्षेत्रमा यातायात सम्पर्क विच्छेद भएको छ ।

बाढीले मेलम्ची–नवलपुर–चौतारा जोड्ने पुल समेत बगाएको छ राति करिब पौने २ बजेको समयमा उक्त पुल बाढीले बगाएको बताइएको छ ।

त्यस्तै ठाउँ–ठाउँमा झोलुङ्गे पुल पनि बगेका छन् । यो संगै बाढीले हेलम्बुको नाकोते पुल, मेलम्ची खानेपानीको हेडवक्स, तिम्बु बजार, चनौटे बजार, खोला किनारका ८ माछा फर्म, आमा ह्योल्मो बसपार्क, सिटी पार्क मा क्षति पुगेको स्थानीयले जनाएका छन् ।

मेलम्चीमा बहुउद्देश्यीय कभर्डहल, मेलम्ची फन पार्क, होटल रेष्टुरेन्ट, घर घडेरी, खेत, पुल, ट्राउट फर्म आदि गरेर अर्बौंको क्षति भएको स्थानीय सिपी दुलालले जानकारी दिनुभयो ।

बाढी पसेपछि मेलम्ची बजारका स्थानीय आफ्नो थलो छाडेर सार्वजिक जग्गामा बसेका छन् । घर ढुवानमा परेपछि मेलम्चीका बासिन्दा नगरपालिकाको कार्यालयको प्रांगण, शेरा फाँट, ईन्द्रावती क्याम्पसमा बसेका हुन् ।

मेलम्ची आयोजनाको काम गर्नेहरू बस्ने चाइनिज क्याम्पमा समेत बाढी पसिसकेको छ । अम्बाथानको सशस्त्र क्याम्प पनि जोखिममा रहेको सिन्धुपाल्चोकका डीएसपी सापकोटाले जानकारी दिनुभयो ।
तस्वीर र भिडियो स्रोतः सामाजिक सञ्जाल

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *