Main News

२५ जनाभन्दा बढी मानिस भेला हुन नदिन स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत २७ गते १६:३७
२५ जनाभन्दा बढी मानिस भेला हुन नदिन स्वास्थ्य मन्त्रालयको सिफारिस (भिडियो रिपोर्टसहित)

२७ चैत २०७७ काठमाडौं । स्वास्थ्य मन्त्रालयले कोरोना संक्रमण रोकथामका लागि २५ जना भन्दा बढी मानिस भेला नहुने व्यवस्था गर्न मन्त्रिपरिषदमा सिफारिस गरेको छ ।

कोरोनाको दोस्रो लहर शुरु भएसँगै मन्त्रालयले भिडभाड कम गर्न नयाँ व्यवस्था गर्न लागेको हो । २५ जना भन्दा बढी मानिस भेला हुन नदिने व्यवस्था गर्न मन्त्रिपरिषदमा प्रस्ताव लगिएको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिनुभयो ।

प्रवक्ता गौतमले शिक्षण संस्था, सिनेमा हल, पार्टी प्यालेस, जुलुस लगायत सबै बन्द गर्नुपर्ने अवस्था आएको समेत बताउनुभयो ।

प्रवक्ता गौतमले अहिले देखिएका संक्रमितमा जटिल प्रकृतिको लक्षण देखिएको पनि बताउनुभयो । जसका कारण अस्पताल भर्ना गर्ने विरामीको संख्या पछिल्लो पटक बढेको छ ।

छिमेकी मुलुकमा कोभिड संक्रमण बढ्दो क्रममा रहेकाले नेपालले सीमा नाकामा सङ्कास्पद देखिएका विरामीको एन्टिजेन परीक्षण गर्ने र व्यवस्थापन गर्ने कार्यलाई तिब्रता दिएको पनि प्रवक्ता गौतमले बताउनुभयो ।

गतवर्ष भन्दा यस वर्ष मन्त्रालयको व्यवस्थापन पक्ष राम्रो भएको पनि प्रवक्ता गौतले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *