Main News

ओलीले भने–प्रचण्डजी अब तपाईसँग सेना र हतियार छैन, तपाईका दिन सकिए (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ चैत १७ गते १९:२१
ओलीले भने–प्रचण्डजी अब तपाईसँग सेना र हतियार छैन, तपाईका दिन सकिए (भिडियो रिपोर्टसहित)

१७ चैत २०७७ काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका दिन अब सकिएको दाबी गर्नुभएको छ ।

रिपोर्टस क्लवको कार्यक्रममा प्रधानमन्त्री ओलीले विगतमा डर धाक धम्की दिएर प्रचण्डले राजनीति गरेको आरोप लगाउँदै अब भने त्यो संभव नभएको टिप्पणी गर्नुभयो ।

कार्यक्रममा प्रधानमन्त्री ओलीले आफुले विकास र समृद्धिका लागि व्यापक काम गरिरहेको दोहोर्‍याउनुभयो । मुलुकमा धेरै नै स्वतन्त्रता भएको भन्दै उहाँले कहाँ के बन्देज छ भन्दै संचारकर्मीलाई प्रश्न पनि गर्नुभयो ।

कार्यक्रमबाट प्रधानमन्त्री ओलीले बृद्ध भत्ता जस्ता सामाजिक सुरक्षाका कार्यक्रममा रकम बढाउने घोषणा पनि गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *