Main News

प्रचण्डद्वारा एमाले नेता नेपाल र खनालसँग भेट, के भयो कुरा ?

हिमालय टिभी
२०७७ चैत १ गते १९:२२
प्रचण्डद्वारा एमाले नेता नेपाल र खनालसँग भेट, के भयो कुरा ?

१ चैत २०७७ काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेकपा एमालेका वरिष्ठ नेता झलनाथ खनाल र माधवकुमार नेपालसँग छलफल गर्नुभएको छ ।

केन्द्रीय कमिटी बैठक स्थगित गरेर नेपाल निवास कोटेश्वर पुगेर प्रचण्डले खनाल र नेपालसँग कुराकानी गर्नुभएको हो ।

सात प्रदेश, सम्पर्क मञ्च, प्रवास र विशेष प्रदेश कमिटीका नेताहरुको बिफ्रिङ सुनेपछि प्रचण्डले नेपाल र खनालसँग भावी रणनीतिबारे छलफल गर्नुभएको छ ।

उहाँहरुबीच प्रधानमन्त्री केपी शर्मा ओलीलाई प्रधानमन्त्रीबाट हटाउने र नयाँ सरकार बनाउने विषयमा कुराकानी भएको छ ।

प्रचण्डले ओलीलाई हटाउन विभिन्न दलसँग छलफल गरिरहनुभएको छ र यसमा एमालेको नेपाल खनाल समूहलाई पनि साथ लिने प्रयास गरिरहनुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *