Political Hightlights

विप्लव समूहसँग वार्ता गर्ने भए प्रतिबन्ध फुकुवा गर्न प्रचण्ड–नेपाल समूहको सुझाव (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७७ माघ २३ गते १३:१३
विप्लव समूहसँग वार्ता गर्ने भए प्रतिबन्ध फुकुवा गर्न प्रचण्ड–नेपाल समूहको सुझाव (भिडियो रिपोर्टसहित)

२३ माघ २०७७ काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)को प्रचण्ड–नेपाल समूहले नेत्रविक्रम चन्द विप्लव नेतृत्वको प्रतिबन्धित नेकपासँग वार्ता गर्ने भए प्रतिबन्ध फुकुवा गर्न सुझाव दिएको छ ।

ललितपुरमा पत्रकारसँग पार्टीका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले ओली सरकारलाई विप्लव समूहमाथिको प्रतिबन्ध फुकुवा गर्न सुझाव दिनुभएको हो । प्रतिबन्ध पनि राखिराख्ने वार्ता पनि गर्ने भन्ने अन्तरविरोधी हुने प्रचण्डको भनाई छ ।

विप्लव समूहमाथि प्रतिबन्ध लगाउने बेलामा पार्टी र आफूसँग पनि प्रधानमन्त्री ओलीले छलफल नगरेको प्रचण्डको गुनासो छ । माधवकुमार नेपालले त पहिले पनि वार्तामै जोड दिएको प्रचण्डले बताउनुभयो ।

ओली सरकारले विप्लवसँग वार्ताका लागि प्रयास थालेपछि प्रचण्डको प्रतिक्रिया आएको हो । खानेपानी मन्त्री मणि थापाले यसै हप्ता जेलमा रहेका विप्लव समूहका नेता हेमन्तप्रकाश वलीसँग भेटवार्ता गर्नुभएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्