Political Hightlights

प्रजातन्त्र सेनानी श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने

हिमालय टिभी
२०७७ मंसिर २७ गते १३:०८
प्रजातन्त्र सेनानी श्रेष्ठको निधनको शोकमा कांग्रेसले एक दिन सबै कार्यालय बन्द गर्ने

२७ मंसिर, २०७७ काठमाडौं । नेपाली कांग्रेसले पूर्वकेन्द्रीय सदस्य एवं प्रजातन्त्र सेनानी श्यामलाल श्रेष्ठको निधनमा तीन दिन केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।

सभापति शेरबहादुर देउवाको अध्यक्षतामा सानेपास्थित पार्टी कार्यालयमा आज बसेको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकले केन्द्रीय कार्यालयबाट आजका तय पूर्वनिर्धारित शोक कार्यक्रमलाई अनुमोदन गरेको हो ।

त्यस्तै भोलि २८ गते केन्द्र तथा जिल्लाका सबै कार्यालय बन्द गर्ने, स्वर्गारोहणको १३ औं दिनसम्म केन्द्रीय कार्यालय र सबै जिल्ला कार्यालयमा शोक पुस्तिका राख्ने र १३ औं दिनमा सम्बन्धित जिल्ला काठमाडौंले भौतिक दूरी कायम गर्दै शोक सभा आयोजना गर्ने निर्णय पनि गरेको छ ।

काठमाडौं जिल्लाका पूर्व सभापति एवम् कांग्रेस महाधिवेशन प्रतिनिधि श्रेष्ठको हिजो ८० वर्षको उमेरमा निधन भएको थियो । उनको निधनबाट नेपाली कांग्रेस स्तब्ध र मर्माहत भएको केन्द्रीय कार्यसमितिको आकस्मिक बैठकपछि जारी विज्ञप्तिमा उल्लेख छ ।

विक्रम संवत् २ हजार १८ सालमा निरंकुश पञ्चायती व्यवस्थाको विरोध गर्दै भएको क्रान्तिका क्रममा बमकाण्डमा पक्राउ परेका श्रेष्ठले पटक(पटक गरी १७ वर्षभन्दा लामो समय जेल जीवन बिताउनु भएको थियो ।

नेपालको प्रजातान्त्रिक आन्दोलनहरुमा नेतृत्वदायी भूमिका निर्वाह गरेका श्रेष्ठलाई निष्ठा र सादगीपूर्ण जीवन जिउने नेताको रुपमा लिइन्छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्