Main News

उपत्यकामा १६९९ सहित २२५३ कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

हिमालय टिभी
२०७७ असोज १८ गते १६:३६
उपत्यकामा १६९९ सहित २२५३ कोरोना संक्रमित थपिए, थप सात जनाको मृत्यु

१८ असोज, २०७७ काठमाडौं । नेपालले कोरोना संक्रमणमा चीनलाई पनि उछिनेको छ । पछिल्लो २४ घण्टामा थप २ हजार २ सय ५३ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै नेपाले चीनलाई उछिनेको हो ।

कोरोना भाइरसको उदगम देश चीनमा भन्दा नेपालमा संक्रमित झण्डै २ हजार धेरै छन् । नेपालमा कोरोना संक्रमितको कुल संख्या ८६ हजार ८ सय २३ पुगेको छ । चीनमा भने ८५ हजार ४ सय ५० जना संक्रमित छन् । पछिल्लो २४ घण्टामा १२७८४ जनाको पीसीआर परीक्षण गरिएकोमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको हो ।

यसैबीच नेपालमा कारोना भाइरस (कोभिड—१९) बाट पाँच दिने नवजात शिशुसहित थप ७ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मकवानपुरमा पाँचदिने नवजात शिशुसहित ४ महिला र ३ पुरुषको कोरोनाबाट मृत्यु भएको हो । योसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको संख्या ५ सय ३५ पुगेको छ ।

मृत्यु हुनेमा चितवनमा ५५ वर्षीया महिला, बाँकेमा २५ वर्षीया महिला र कञ्चनपुरमा २९ वर्षीया महिला रहेका छन । यस्तै काठमाडौंमा ५५ वर्षीय पुरुष, ललितपुरमा ७७ वर्षीय पुरुष र बाँकेमा ६० वर्षीय पुरुषको पनि कोभिडबाट मृत्यु भएको छ ।

आज नेपालमा २ हजार २ सय ५३ जनामा संक्रमण देखिएको छ । १२ हजार ७ सय ८४ पीसआिर परीक्षण भएकोमा ८ सय ३० महिला र १४ सय २३ जना पुरुषमा संक्रमण देखिएको हो । आज काठमाडौं उपत्यकामा १५ सय ९९ जनामा संक्रमण देखिएको छ । काठमाडौंमा १३ सय ७३, ललितपुरमा १ सय ८७ र भक्तपुरमा ३९ जनामा संक्रमण देखिएको छ ।

आज देशभरी सक्रिय संक्रमितको संख्या २२ हजार २ सय १९ पुगेको छ । संस्थागत आइसोलेसनमा प्रदेश नम्बर १ मा २ सय २९, प्रदेश नम्बर २ मा ५ सय ४१, बागमती प्रदेशमा ७ हजार ६ सय ५५ र गण्डकी प्रदेशमा ४ सय ६ जना रहेका छन । यस्तै प्रदेश नम्बर ५ मा ८ सय ९६, कर्णाली प्रदेशमा ३ सय ६४ र सुदूरपश्चिम प्रदेशमा २ सय ३५ गरी देशभरी १० हजार ३ सय २६ जना संस्थागत आइसोलेसनमा रहेका छन् ।

यस्तै होम आइसोलेसनमा प्रदेश नम्बर १ मा १ हजार ७ सय ५०, प्रदेश नम्बर २ मा ५ सय ५८, बागमती प्रदेशमा ७ हजार १ सय ५३ र गण्डकी प्रदेशमा ५ सय ३२ जना रहेका छन् । यस्तै प्रदेश नम्बर ५ मा १ हजार २ सय २, कर्णाली प्रदेशमा २ सय ८० र सुदूरपश्चिम प्रदेशमा ४ सय १८ गरी ११ हजार ८ सय ९३ जना होम आइसोलेसनमा रहेका छन् ।

आज १ हजार ३ सय २९ जना डिस्चार्ज भएका छन । आजसम्म प्रदेश नम्बर १ मा ५ जार ७ सय ३३, प्रदेश नम्बर २ मा १४ हजार २ सय ९१, बागमती प्रदेशमा २० हजार ४ सय ९३ र गण्डकी प्रदेशमा ३ हजार ६ सय ५७ जना डिस्चार्ज भएका छन् । यस्तै प्रदेश नम्बर ५ मा ९ हजार ५ सय ५५, कर्णाली प्रदेशमा ३ हजार १ सय ८५ र सुदूरपश्चिम प्रदेशमा ७ हजार १ सय ५५ गरी देशभरी ६४ हजार ६९ जनामा संक्रमित डिस्चार्ज भएका छन ।

मन्त्रालयले कोभिडको संक्रमण बढिरहेकाले अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ । प्रवक्ता डा. जागेश्वर गौतमले दशैंका लागि अनावश्यक यात्रा नगर्न आग्रह गर्दै जहाँ जुन अवस्थामा छौँ त्यही दशैं मनाउन अपिल गर्नुभयो । उहाँले स्वास्थ्य मापदण्डलाई कडाई गर्दै जरीवाना गर्नेगरी प्रस्ताव गरिएको उहाँले बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *