Main News

कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु

हिमालय टिभी
२०७७ असोज १५ गते १८:४७
कोरोना संक्रमणबाट नेपालमा पहिलोपटक चिकित्सकको मृत्यु

१७ असोज, २०७७ बाँके । कोरोना संक्रमणबाट नेपालमा पहिलो पटक चिकित्सकको मृत्यु भएको छ ।

कर्णाली प्रदेश अस्पताल सुर्खेतमा कार्यरत वरिष्ठ कन्सल्टेन्ट अर्थोपेडिक सर्जन डा. हरि सापकोटाको नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो । ५९ वर्षीय सापकोटालाई भदौ २९ गते कोरोना संक्रमण भएपछि असोज एक गते उपचारका लागि भेरी अस्पतालमा ल्याइएको थियो ।

प्लाज्मा थेरापी, रेमिडिसिभिरलगायतका औषधी चलाउँदा पनि ठिक नभएपछि सापकोटालाई हाइ फ्लो नोजल अक्सिजन क्यानलबाट अक्सिजन दिइएको थियो । त्यस पछि पनि स्वास्थ्य अवस्थामा सुधार नभएपछि आज बिहान ९ बजेदेखि भेन्टिलेटरमा राखेर उपचार गरिएको थियो ।

उपचारकै क्रममा अपरान्ह सवा ३ बजे उहाँको मृत्यु भएको स्वास्थ्य कार्यालय बाँकेका कोरोना फोकल पर्सन नरेश श्रेष्ठले जानकारी दिनुभयो । बाँकेको खजुरा घर भएका डा. सापकोटा लामो समयदेखि प्रादेशिक अस्पताल सुर्खेतमा कार्यरत हुनुहुन्थ्यो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *