Main News

बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, एक जना पक्राउ

हिमालय टिभी
२०७७ असोज ९ गते १३:०८
बझाङमा १२ वर्षीया बालिकाको विभत्स हत्या, एक जना पक्राउ

९ असोज, २०७७, बझाङ । बझाङको मष्टा गाउँपालिकामा १२ वर्षीया बालिकाको विभत्स हत्या भएको छ।

वृद्ध हजुरबुवा र हजुरआमाको संरक्षणमा रहेकी बालिका सम्झना कामीको बुधबार राति विभत्स हत्या भएको हो । प्रहरीले बालिकाको हत्या गरेको आशंकामा स्थानीय एक जनालाई पक्राउ गरेको छ।

सम्झना बुधबार पशु चौपाया चराउन सिमछानामा गएकी र राती अबेरसम्म घर नआएपछि खोजी गर्दै जाँदा सोही राती गाउँभन्दा झण्डै २ किलोमिटर टाढा सिम मन्दिरमा उनको शव फेला परेको थियो । बालिकाको शरीर भरी निलडाम र नग्न अवस्थामा शव भेटिएको मष्टा गाउँपालिका वडा नम्बर २ का वडाअध्यक्ष शेरबहादुर खड्काले बताउनुभयो ।

खड्काका अनुसार बालिकाले कानमा लगाएका सुनका गहनासमेत लुटिएको छ। बझाङ प्रहरीले घटनाबारे अनुसन्धान शुरु गरेको छ । घटना बुधबार भएपनि शुक्रबार बिहान मात्र खबर आइपुगेको हो ।

यसैबीच प्रतिनिधिसभा सदस्य प्रकाश रसाइली स्नेहीले बालिकाको विभत्स हत्याको सत्य तथ्य बाहिर ल्याउन माग गर्नुभएको छ ।

हिमालय टेलिभिजनसँगको कुराकानीमा सांसद रसाइलीले बालिकाको हत्या हुनुको कारण खोजि गरी दोषीमाथि कारबाही गर्न मागसमेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *