Main News
कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु
२०७७ भदौ २४ गते १२:५१

२४ भदौ, २०७७, काठमाडौं । कोरोना संक्रमणबाट आज थप दुई जनाको मृत्यु भएको छ ।
चितवनको भरतपुर अस्पतालको आइसीयुमा उपचाररत नवलपुर, देवचुली नगरपालिका–१ का ६४ वर्षीय पुरुषको मृत्यु भएको हो। कोरोना संक्रमित उनी मृगौलाले काम गर्न छाडेको तथा खोकी र श्वासप्रश्वाशमा समेत समस्या रहेको अस्पतालको विज्ञप्तीमा उल्लेख छ । उनलाई यही भदौ १५ गते संक्रमण पुष्टि भएको थियो ।
यस्तै ललितपुरमा उपचारका क्रममा थप एक जना कोरोना संक्रमितको मृत्यु भएको छ । ललितपुरस्थित अल्का अस्पतालमा उपचाररत काठमाडौंका ६७ वर्षीय पुरुषको हिजो साँझ मृत्यु भएको हो ।
स्वास्थ्य कार्यालय ललितपुरले विज्ञप्ति जारी गर्दै संक्रमित पुरुषको मृत्यु भएको पुष्टि गरेको छ ।
प्रतिक्रिया